चितवनको जुस उद्योगमा आगलागी « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


चितवनको जुस उद्योगमा आगलागी


104
Shares

काठमाडौं । पूर्वी चितवनको रत्ननगरमा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आज शुक्रबार बिहान भिषण आगलागी भएको छ ।

बिहान ४ बजेदेखि लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको छ ।

आगो निभाउन खैरहनीका दुई वटा दमकल र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।

उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगो लागेकाले आगो नियन्त्रण गर्न समय लागेको बताइएको छ ।

आगलागीको कारण नखुले पनि विद्युत सर्ट भएको हुनसक्ने अनुमान गरिएको छ ।