Logo ३ आश्विन २०८२, शुक्रबार | Sat Sep 20 2025


गोविन्द बन्दी कानुनमन्त्री पदबाट पदमुक्त


2.2k
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) पदमुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री पदबाट कोइराला पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् ।

कोइरालाको पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाई
प्रधानमन्त्री देउवाले दिएका हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेको जानकारी दिएको छ ।

संसद सदस्य नरहेका कारण कानुनमन्त्री बन्दी ६ महिनामात्र मन्त्री हुन पाउँथे । २४ असोजमा उनी नियुक्त भएको ६ महिना पुगेपछि मन्त्री पदबाट पदमुक्त भएका थिए ।