Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


पर्याप्त बजेट नहुँदा देशकै एकमात्र कन्दमूल तरकारी विकास योजनाले लक्ष्य अनुसार काम गर्न सकेन


234
Shares

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित देशकै एक मात्र कन्दमुल तरकारी विकास केन्द्रमा कन्दमुल तरकारीको विकासको योजना संचालन गरिएको छ ।

नेपाली हावापानीमा पाईने मानिसले खानहुने कन्दमूल जातका तरकारीहरूको बीउ संरक्षण र खेती बिकास तथा विस्तार गर्नका लागि सरकारद्वारा स्थापना गरिएको देशकै एक मात्र तरकारी तथा कन्दमुल बिकास केन्द्र सिन्धुलीले कन्दमूलहरूको बीउ संरक्षण र खेती बिकासका कामहरू संचालन गर्दै आएको छ ।

जिल्ला सदरमुकाम सिधुलीमाडीको मधुटारमा अवस्थित कन्दमुल विकास केन्द्रले विगत दश वर्ष अघिदेखि ओल, घर तरुल, वन तरुल, पिडालु, गिठ्ठा, भ्याकुर, सकरखण्ड, सिमल तरुल लगायत एक दर्जन भन्दा बढी जातका कन्दमूलहरूको बीउ संरक्षण र खेती विस्तारको काम गर्दै आएको हो ।

कन्दमूल विकास केन्द्रले आगामी दिनहरूमा मानिसले खान हुने देश तथा विदेशमा पाईने कन्दमूलहरूको संकलन गर्ने समेत लक्ष्य राखेको केन्द्रका कृषि प्राविधिक सुन्दर पौडेलले जानकारी दिनुभयो ।

करिब ७ हेक्टर अर्थात ११ विगाहा क्षेत्रफलमा फैलिएको नेपालकै एक मात्र कन्दमूल तरकारी विकास केन्द्रका लागि सरकारले वार्षिक रुपमा कर्मचारीको तलव सहित झण्डै ४० लाख बरावरको अनुदान दिदै आएको छ ।

तर कन्दमूलको बीउ संरक्षण र खेती विस्तारका लागि सरकारले कुनै प्रभावकारी कदम संचालन गरी पर्याप्त मात्रामा बजेट विनियोजन गर्न नसक्दा आवस्यकता अनुसार काम काजको विस्तार गर्न केन्द्रले सकेको छैन । केन्द्रमा उत्पादन भएका तरकारी तथा कन्दमूहरूको बिक्री –वितरणबाट वार्षिक रुपमा दश लाख आम्दानी हुने गरेको छ ।

अन्य तरकारीहरुको तुलनामा कन्दमूल जातका तरकारीहरूमा मानव शरीरलाई आवस्यक पर्ने तत्व कार्वोहाईड्रेड पदार्थ बढी मात्रामा पाईने भएकाले कन्दमूलहलाई उसिनेर खानाको रुपमा समेत खाने र प्रसादीको रुपमा प्रयोग गर्ने चलन भएकाले कन्दमूलहरुको महत्व नेपाली समाजमा धेरै छ ।