Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बागी उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले गर्‍याे कारवाही


4k
Shares

काठमाडाैं । नेपाली कांग्रेसले पार्टी र गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि कारबाही गरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार निर्धारित समयमा पनि पार्टीको निर्देशन नमानेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई कारबाही गरिएको जनाइएको छ ।

बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही गर्दै पार्टीबाट निस्कासित गरिएको विज्ञप्तीमा उल्लेख छ । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

कांग्रेसले गठबन्धन र लोसपासँग भएको सहमतिविपरीत बागी उम्मेदवारी दिने, त्यसमा प्रस्ताव र समर्थक हुनेहरूलाई कारबाही गरेको जनाएको छ ।