१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


बारामा एकै परिवारका तीन जनाको हत्या


260
Shares

बारा । प्रसौनी गाउँपालिकामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । प्रसौनी गाउँपालिका–५ प्रस्टोका घर भएका २५ वर्षीया सुजाता चौधरी र उनका दुई नाबालक छोराछोरी मृत भेटिएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा सुजाताका १६ महिनाका छोरा राजविर चौधरी र ४ वर्षीया छोरी ताहिरा चौधरी छन् । प्रसौनी–७ स्थित डोरा खोला किनारमा भेटिएका मृतक तीनै जनाको घाँटीमा हतियारको चोट देखिएको छ ।

ताहिरा र राजवीरको शव भन्दा करिब ३ सय मिटर पर आमाको शव भेटिएको छ । यता मृतक सुजाताका पति दिपेन्द्र चौधरी एलएस न्यूरो अस्पतालमा भर्ना भएर उपचाररत छन् । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ ।