
काठमाडाैँ । ‘प्रेमगीत ३’ले दुई सातामा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको छ ।
निर्माण कम्पनी आशुसेन फिल्म्सका अनुसार प्रेमगीत ३’ ले दुई सातामा विश्वव्यापी रुपमा ३४ करोड १३ लाख नेपाली रुपैयाँ ग्रस कमाइ गरेको हो ।
फिल्मले नेपालबाट मात्रै ११ करोड ८१ लाख रुपैयाँ र भारतबाट ५ करोड ३२ लाख भारु कमाएको छ । यस्तै फिल्मले नेपाल र भारतबाहेक अन्य देशबाट दुई सातामा ९ करोड १४ लाख भारु कमाएको छ ।
सन्तोष सेन र छेतेन गुरुङ निर्देशित यो फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य कलाकारको रुपमा रहेका छन् । हिन्दी र नेपाली संस्करणमा रहेको यस फिल्म सुरुवाती चरणदेखि नै निकै चर्चामा छ ।
प्रतिक्रिया दिनुहोस्