Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


‘निर्वाचन क्षेत्र बदल्ने मेरो विशेषता नै हो’


3.7k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता भएकाे बताउनुभएकाे छ।

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता भएकाे बताउनु भएकाे हाे ।

भिडियोमा भनेका छन्, ‘मैले अध्यापन गरेको जिल्ला पनि हो । मैले राजनीतिको मुख्य क्षेत्र गोरखालाई नै बनाएको थिएँ । म गोरखा जाँदा त्यहाँको विकास निर्माणलाई राम्रो गर्छु भनेरमात्रै म गोरखा गएको हो ।’

चितवनका सबै जनप्रतिनिधिले आफूलाई जिताउने प्रतिबद्धता जाहेर गरेको प्रचण्डले दोहोर्‍याए ।उनले अब गोरखा २ मा देश र अन्तर्राष्ट्रिय शक्तिहरुको ध्यान केन्द्रित हुने बताए ।

२०७४ सालमा चितवन ३ बाट लडेका प्रचण्डले आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दिएपछि यस्तो बताए।