Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


‘प्रभु साहको कदम अराजनीतिक षडयन्त्रको नमुना’


7.6k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक षडयन्त्रको नमुना भन्दै टिप्पणी गर्नुभएकाे छ।

एमालेका नेता साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले उक्त टिप्पणी गर्नुभएकाे हाे ।

समाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नुभयाे , ‘तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो।’

रौतहटका जनताले षडयन्त्रलाई राम्ररी बुझेको भन्दै उहाँले एमाले–जसपाबीचको तालमेल सफल बनाउनुपर्ने बताउनुभयाे।

प्रभु साह जसपासँगको तालमेलको सहमति सम्बन्धी बैठकमा सहभागी भएको, सहमति पश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बसेको र निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर गएको पोखरेलले उल्लेख गरेका छन् ।