५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


साजिद खानको पक्षमा एफडब्ल्यूआईसीईले लेख्यो सूचना मन्त्रीलाई पत्र


130
Shares

एजेन्सी । भारतीय रियालीटी शो बिग बोस १६ मा साजिद खानको प्रवेशलाई लिएर ठूलो विवाद भएको छ ।

चलचित्र उद्योगसँग सम्बन्धित धेरैले खानलाई शोबाट बाहिर निकाल्न माग गरिरहेका छन् । यसैबीच, फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लँइज (एफडब्ल्यूआईसीई) ले भने खानलाई समर्थन गरेको छ । खानलाई समर्थन गर्दै एफडब्ल्यूआईसीईले सूचना र प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेकाे छ ।

पत्रमा एफडब्ल्यूआईसीईले खानको पक्ष लिएर उनलाई एक वर्षको लागि प्रतिबन्ध समेत लगाएको छ । खानले आफ्नो सजाय काटिसकेको बताएका छन् । खानमाथि लगाइएको प्रतिबन्ध गत मार्च २०१९ देखि नै हटाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एफडब्ल्यूआईसीईले मन्त्री ठाकुरलाई लेखेको पत्रमा भारतीय फिल्म र टेलिभिजन निर्देशक संघ (आइएफटिडिए) लाई खानविरुद्ध उजुरी आएको थियो । त्यसपछि भारतीय फिल्म र टेलिभिजन निर्देशक संघले खानलाई एक वर्षको लागि प्रतिबन्ध लगाउन सुझाव दिएको थियो ।

खानमाथि लागेको आरोपलाई ध्यानमा राख्दै एफडब्ल्यूआईसीई र आइएफटिडिए दुवै समितिले छानबिन गरेपछि खानमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए । प्रतिबन्धको समयमा पनि मानिसहरुसँग खानको व्यवहार राम्रो थियो । त्यसैलाई ध्यानमा राख्दै गत मार्च २०१९ मा खानमाथिको प्रतिबन्ध हटाइएकाे थियाे । त्यसैले अब खानले आफ्नो करियर फेरी सुरु गर्न सक्छन् ।

पत्रमा एफडब्ल्यूआईसीईले अनुसन्धानका क्रममा ‘खानले धेरै अपमान सहनुपरेको थियो । एक मानव जसले आफ्नो सजाय भुक्तान गरिसकेको छ र सबै नियमहरूको पालना गरेको छ । उसलाई एउटै अपराधको लागि पुन: मुद्दा चलाउन सकिँदैन र फेरी सजाय दिन सकिँदैन । त्यसैले उनलाई फेरी काम गर्न अनुमति दिनुपर्छ।’