Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बर्दियामा कांग्रेसका सन्जय कुमार गौतम आधिकारिक उम्मेदवार


1k
Shares

बर्दिया । बर्दिया क्षेत्र नम्वर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका संजय कुमार गौतम आधिकारिक उम्मेदवार बनेका छन् ।

बर्दियामा एउटै पार्टीबाट दुई जना उम्मेदवारको मनोनयन दर्ता सम्बन्धमा विवाद चुलिएपछि कांग्रेसबाट मनोनयन दर्ता गराएका बर्दिया जिल्ला पार्टी सभापति अरुण प्रकास सिंह राठौरले गौतमको मनोनय खारेजीको लागि दिएको उजुरी उपर छानविन गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयका मुख्य न्यायाधीश कैलास प्रसाद सुवेदीको निर्णयले गौतमलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ ।

प्रतिनिधि सभा तथा प्रदेस सभा सदस्य निर्वाचन निर्देशिका ०७९ को दफा १९ को उपदफा ९ अनुसार राजनितिक दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एक भन्दा बढी ब्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एक भन्दा बढी उम्मेदवारको मनोनयन पत्र पेस भएमा पहिले मनोनयन पत्र दर्ता गर्ने व्यक्तिको मनोनयन कायम हुने व्यवस्था रहेको क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकृत निलकण्ठ बरालले बताउनु भयो ।