Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


रेशम चौधरीकाे पनि उम्मेदवारी खारेज


10.1k
Shares

कैलाली । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ मा प्रतिनिधि सभामा मनाेनय दर्ता गराएका रेशम चौधरीको पनि उम्मेदवारी खारेज भएको छ।

२०७२ सालमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज जनाएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली-१ मा उम्मेदवारी दिएर निर्वाचित भएका थिए।

जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्।

त्यस्तै यसअघि नागरिक उन्मुक्ति पार्टीबाटै कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी खारेज भएकाे थियाे ।

थारु कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्‍याई सजाय गरी फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीको आधारमा थारुको मनोनयन दर्ता खारेज भएको हो ।