प्रदीप पौडेल (इमेज)
पोखरा, भदौ ५ । पर्यटकीय नगरी पोखरामा ‘लेक भ्यु रिसोर्ट एन्ड अपार्टमेन्ट’ निर्माणको काम अगाडि बढेको छ ।
पोखरा–१८ स्थित फेवातालको काख सेदीमा अवस्थित ३६ रोपनी जग्गामा अपार्टमेन्ट बन्न लागेको हो ।
८ अर्ब रुपैयाँको लागतमा अपार्टमेन्ट बन्न लागेको परियोजनाका प्रबन्ध निर्देशक बिमल बसेलले जानकारी दिए ।
तीन तलाको पार्किङसहित १८ तलाको अपार्टमेन्ट निर्माण हुने जनाइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा आफूहरु पनि सेवाका लागि तयार भइसक्ने बसेलको दाबी छ ।
यहाँ दुईओटा बिल्डिङमा ४६४ ओटा अपार्टमेन्ट निर्माण गरिने जनाइएको छ ।
यहाँ ‘टाइम सेयरिङ’ अवधारणाबाट अपार्टमेन्ट निर्माण गरिन लागेको हो ।
अपार्टमेन्टभित्र दुईओटा रेस्टुरेन्ट, दुईओटा स्विमिङ पुल, सुपरमार्केट, ट्राभल सुविधा, मनि चेन्जर, ब्युटीपार्लर, स्पा, सैलुन, हेल्थ क्लब, पेन्टघरलगायत मानवीय आवश्यकताको प्रशस्त सुविधा रहने पनि बसेलले जानकारी दिए ।
पृथक प्रकारको परियोजना भएकाले पोखराको पर्यटनमा अतुलनीय टेवा पुग्ने बसेलको दाबी गर्छन् ।
परियोजनाले गन्डकी प्रदेशमा निजी क्षेत्रको लगानी आकर्षणमा पनि योगदान पुग्ने विश्वास गरिएको छ ।
परियोजना निर्माण हुने स्थान सम्याउने काम सकिएको र अब द्रुतगतिमा निर्माणको काम अगाडि बढ्ने निर्देशक राम बसेलले बताए ।
अपार्टमेन्टका विशेषताहरु ‘सेभेन स्टार’स्तरको हुने बताइएको छ ।
यहाँ १ करोड ३३ लाख रुपैयाँदेखि २ करोड ८९ लाख रुपैयाँसम्मका अपार्टमेन्ट खरिद गर्नसकिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्