काठमाडौं, भदौ ५ । मंगलबार पनि सेयरबजारमा ‘वियरिष ट्रेन्ड’ कायमै रह्यो ।
यसदिन पनि बजार परिसूचक नेप्से ४ अंकले घटेर ११ सय ८३ मा आएर थामियो । कारोबार पनि न्यून रह्यो ।
कारोबार भएकामध्ये बढीजसो समूह रातो रहेसँगै नेप्से ऋणात्मक रहेको हो ।
यसदिन निर्जीवन बिमा, व्यापार, अन्य र जलविद्युत् समूह नगन्य अंकले हरियो रहेबाहेक अरु समूह ओरालो लागेका हुन् ।
उत्पादनमूलक समूह सबैभन्दा उच्च २२ अंकले झर्यो । लघुवित्त समूह पनि दोहोरो अंकले ऋणात्मक रहँदा अरु समूह भने सामान्य अंकले घटेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीका ५ लाख ७० हजार कित्ता सेयर जम्मा १७ करोड ९६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्