
स्याङ्जा । स्याङ्जामा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालबीच कडा प्रतिस्पर्धा हुने भएकाे छ ।
स्याङ्जाको क्षेत्र नम्बर २ मा दुवैले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालय स्याङ्जामा पुगेर गुरुङ र अर्यालले मनोनयन दर्ता गरेका हुन् । त्यस्तै कांग्रेसबाट क्षेत्र नम्बर २ को (क) मा भोजराज अर्याल र (ख) मा महेश भट्टराईले मनोनयन दर्ता गरेका छन् । क्षेत्र नम्बर २ को (क) गठबन्धन अन्तर्गत नेकपा समाजवादीलाई परेको भन्दै समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले समेत मनोनयन दर्ता गर्नुभएको छ ।
कतिपय कांग्रेसका युवा नेताहरूले प्रदेश २ को (क) मा विष्णु पौडेललाई ल्याउनुपर्ने भन्दै जोड गरिरहेका थिए । त्यस्तै नेकपा एमालेकातर्फबाट प्रदेश (क) मा निर्वतमान प्रदेश सांसद मोहनप्रसाद रेग्मी र (ख) मा डाक्टर बुद्धिमान श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्याङ्जाकाे क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकाेतर्फबाट पूर्वसांसद राजु थापा र एमालेकातर्फबाट पूर्वसांसद नारायणप्रसाद मरासिनीले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै कांग्रेसकाेतर्फबाट प्रदेश (क) मा प्रदेशका पूर्वसांसद मेखलाल श्रेष्ठ र (ख) मा कांग्रेस जिल्लाका पूर्वकार्यवाहक सभापति कुमार रानाले मनोनयन दर्ता गर्नुभएको छ। गठबन्धन अन्तर्गत प्रदेश (क) माओवादी केन्द्रलाई परेको भन्दै अमृता थापाले समेत उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै एमालेकाेतर्फबाट प्रदेश (क) मा सिता सुन्दास र (ख) मा सुधीर पौडेलले मनोनयन दर्ता गरेका छ ।
त्यसैगरि क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीकोतर्फबाट टिकराज गुरुङले समेत मनोनयन दर्ता गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्