Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


निर्वाचन लक्षित सुरक्षा व्यवस्थामा कडाई


91
Shares

काठमाडौं । निर्वाचनको माहोल तातिएसँगै देशभर सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

गृह मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका हुन् । मन्त्रालयका अनुसार आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता भएसँगै ४ वटै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएका हुन् ।

निर्वाचन सुरक्षा रणनीति अनुसार १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख सुरक्षाकर्मी परिचालन हुने भएका छन् । असोज २३ गते उम्मेदवारी दर्ता भएसँगै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षाका लागि देशभर सशस्त्र प्रहरी बल परिचालन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गरी सुरक्षा संयन्त्र प्रभावकारी बनाउनका लागि निर्देशन दिएको छ ।

सुरक्षासँगै विभिन्न दलको प्रचार कार्यक्रम नजुध्ने गरी स्थान व्यवस्था गर्न पनि प्रमुख जिल्ला अधिकारीहरुले निर्देशन पाएका छन् ।