जकार्ता, भदौ ५ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कबड्डीतर्फ नेपालले लगातार दोस्रो खेल हारेको छ ।
पहिलो खेलमा आयोजक इन्डोनेसियासँग ३३–२९ को हार व्यहोरेको नेपालको पुरुष टिमलाई दोस्रो खेलमा मंगलबार जापानले ३१–२८ ले हराएको हो ।
लामो समयसम्म खेलमा अग्रता लिएर पनि नेपालले परिणाम आफ्नो पक्षमा पार्न सकेन ।
कबड्डी टोलीले बुधबार दुई खेल खेल्नेछ । पहिलो खेल इरानसँग हुनेछ भने दोस्रो खेल मलेसियासँग हुनेछ ।
समूहको अन्तिम खेलमा नेपालले बिहीबार पाकिस्तानको सामना गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्