
एजेन्सी । भारतीय अभिनेत्री अनु अग्रवालको दुर्घटनामा परेर जीवन नै बदलिएको छ ।
अनुले फिल्म आशिकीमा काम गरेर एकाएक चर्चा कमाएकी थिइन् । तर, केही वर्षपछि उनले आफूलाई फिल्मबाट टाढा राखिन् । उनका फ्यानहरू उनलाई फिल्ममा हेर्न पर्खिरहेका थिए । तर अनुको सन् १९९९ मा खतरनाक सडक दुर्घटना भयो र दुर्घटनाले उनको जीवन पूर्ण रूपमा परिवर्तन गर्यो ।
दुर्घटनामा अनु गम्भीर घाइते भइन् । उनको अनुहार पूरै बिग्रिएको थियो, जसलाई ठीक गर्न उनलाई लामो समय लाग्यो । वर्षौंपछि उनी ठिक भएकी छन् । उनी पूनः फिल्ममा फर्किने बिचारमा छिन् ।
भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै उनले भनेकी छन्, ‘ यो कठिन मात्र थिएन, जीवन र मृत्युको प्रश्न थियो। म कोमामा थिएँ । त्यतिबेला ठूलो प्रश्न थियो मेरो ज्यान बच्ने हो र ? बाँचे भने के हुन्छ ? म बाँचे भने पनि ममा पक्षाघात हुनेछु। तर, एक चमत्कार भयो र म कोमामा गएको २९औं दिनमा मलाई होश आयो । त्यसपछि मेरो आधा शरीर पक्षाघात भएको थियो, म ठूलो आघातबाट गुज्रिरहेको थिएँ।’
दुर्घटना पछि आफूलाई खुट्टा टेकेर उभिन्छे भनेर कसैले पनि नसोचेको उनी बताउछिन् । उनी अगाडी भन्छिन्, ‘ म सकारात्मक रहेँ । म सन्चो हुनेमा ढुक्क थिएँ । मलाई याद छ जब म कोमाबाट ब्यूँझें म भर्खरै जन्मेको बच्चा जस्तो महसुस गरिरहेको थिएँ।’
दुर्घटनापछि अनुको अनुहारमा नराम्ररी धेरै चोट लागेको थियो । उनको शरीरका सयौं हड्डीहरु भाँचिएका थिए । उनलाई मानिसहरूले कस्मेटिक सर्जरी गराउने सल्लाह समेत दिएका थिए । तर, उनले कुनै पनि कस्मेटिक सर्जरी गराइनन् । भाँचिएको हड्डी ठिक गर्न र दुर्घटना पछि शरीरको कार्यलाई सामान्य बनाउन मात्रै आफूले सर्जरी गरेको उनी बताउँछिन् ।
प्रतिक्रिया दिनुहोस्