रुकुम पश्चिमबाट अर्थमन्त्री शर्माको उम्मेदवारी दर्ता « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


रुकुम पश्चिमबाट अर्थमन्त्री शर्माको उम्मेदवारी दर्ता


52
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आइतबार अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

वि.सं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनु भएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिनुभएको हो । त्यस्तै, प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिनुभएको छ ।