प्रचण्डले दर्ता गराए गोरखा-२ बाट उम्मेदवारी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


प्रचण्डले दर्ता गराए गोरखा-२ बाट उम्मेदवारी


377
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

अध्यक्ष प्रचण्डले गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएकाे जिल्ला निर्वाचन कार्यालय गाेरखाले जनाएकाे छ ।

२०७४ को चुनावमा प्रचण्ड चितवन– ३ बाट निर्वाचित भएका थिए।