
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे मंसिर ४ गते हुन लागेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
अध्यक्ष नेपालले रौतहट पुगेर रौतहट क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।
नेपाल सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुग्नु भएको थियो ।
यो क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन । उम्मेदवारी दर्ता गरेपछि उहाँले राष्ट्रको आवश्यकताअनुसार दलहरु बीच सहयात्रा गरिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्