Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


राजनीतिलाई अवसरवादको अध्यारोमा लगेको बाबुरामकाे आरोप


273
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक धरातल खस्किंदै गएको बताउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै दलहरूले राजनीतिलाई अवसरवादको अध्यारोमा लगेको उहाँले आरोप समेत लगाउनुभएकाे हाे । विभिन्न समसामयिक राजनीतिक गतिविधि र नेताप्रति लक्षित गर्दै उहाँले चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिंदै जानु दुःखद भएको बताउनुभयो ।

एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त, आदर्श सबै त्यागेर र जनताको बलिदानलाई लात हानेर दल बदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु भएको उहाँको तर्क छ ।

यो अवसरवादको अध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गर्न भट्टराईले सबैलाई आह्वान समेत गर्नुभएको छ ।