
धनकुटा । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकाे छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहिबार धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे ।
धनकुटा सदरमुकाममा रहेको सामुदायिक भवनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन,२०७९ को प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यलय धनकुटाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्