Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


91
Shares

धनकुटा । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकाे छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहिबार धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हाे ।

धनकुटा सदरमुकाममा रहेको सामुदायिक भवनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन,२०७९ को प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यलय धनकुटाले जनाएको छ ।