काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा हुँदा काठमाडौंको आकाश खुलेको छ ।
दशैं प्रभावित हुने गरी निरन्तरको वर्षा रोकिएर काठमाडौंको आकाश खुलेपछि मानिसहरुको चहलपहल पनि बढेको हाे । आज (शुक्रबार) बिहानैदेखि उपत्यकाको आकाश खुलेर घाम लागेपछि दशैंको अवसरमा टीका लगाउनका लागि आफन्तकामा जानेहरुले राहतको महशुस गरेका छन् ।
काठमाडौं उपत्यकामा आकाश खुलेपनि सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका केही र लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा घाम लागेको भएतापनि पानी पर्ने सम्भावना कायमै रहेको छ ।




प्रतिक्रिया दिनुहोस्