२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भारतमा हिम-पहिरोमा परी १० जनाको मृत्यु, २० बेपत्ता


143
Shares

काठमाडौं । भारतमा हिम-पहिरोमा परी कम्तिमा १० जना मानिसको मृत्यु भएको छ ।

हिमपहिरोमा परी केही मानिस भने बेपत्ता भएका हुन् । भारतको उत्तराखण्डको हिमाली क्षेत्रमा आरोहणको अभ्यासमा रहेका भारतीय पर्वतारोहणको टोली हिमपहिरोमा परेको हो ।

३४ जना प्रशिक्षार्थी र सातजना प्रशिक्षकको टोली हिमपहिरोमा परेका १० जनाको मृत्यु भएको र १४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । अरु २० अझै बेपत्ता छन् । उनीहरुको खोजीका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

यद्यपी खराब मौसमका कारण उद्धारकार्यमा कठिनाई भएको जनाइएको छ ।