१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


यू–१९ एसियन कप छनोट : आज नेपाल र थाइल्याण्ड भिड्दै


0
Shares

काठमाडौं । एएफसी यू–१९ एसियन कप छनोटको पहिलो खेलमा आज बुधबार नेपाल र थाइल्याण्ड भिड्दै छन् ।

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल र बलियो टोली थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ ।

थाइल्याण्डविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुवातको योजनामा रहेको छ भने थाइल्याण्ड पनि पहिलो खेलमा नेपाललाई हराउन चाहन्छ ।

छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो । छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

नेपालले दोस्रो खेल शुक्रबार आयोजक भियतनामसँग र आगामी आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।