
काठमाडौं । चितवनका एक जनाको मासु खाँदा घाँटीमा अड्किएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् । सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किएपछि उहाँलाई उपचारका लागि भरतपुरको पूरानो मेडिकल कलेज लगिएको थियो ।
उहाँको पुरानो मेडिकल कलेज पुर्याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्