
काठमाडौं । नेपाली यू–१७ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको मुख्य लक्ष्य एएफसी यू–१७ एशियन कपमा छनोट हुने रहेको बताएका छन् ।
एएफसी यू–१९ एसियन कप छनोटका लागि भियतनाम पुगेका प्रशिक्षक श्रेष्ठले टोलीको लक्ष्य छनोट हुने रहेको बताएका हुन्। उनले छनोट हुन नसके समूहको दोस्रो हुने र राम्रो खेल पस्कने योजना रहेको समेत बताएका छन् ।
छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्ने भएकाे छ । प्रशिक्षक श्रेष्ठले यस प्रतियोगिता नेपाली फुटबलको स्तर र प्रतिभा देखाउने मन्च भएको बताएका छन् ।
रक्षात्मक खेल्दै काउन्टरमा जाने योजना नेपाली टोलीको रहेको उनको भनाइ छ । नेपाली टोलीका लागि मुख्य तगारो थाइल्याण्ड रहेको श्रेष्ठको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्