१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


चितवन नछाड्न प्रचण्डलाई गठबन्धन चितवनको आग्रह


3.042k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न सत्ता गठबन्धन चितवनले आग्रह गरेको छ ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे । मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत रहनु भएका अध्यक्ष प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने गठबन्धनले ठहर गरेको छ ।

आगामी मंसिर ४ गते हुने संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गर्न अध्यक्ष प्रचण्डलाई गठबन्धनले आग्रह गरेकाे छ। बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।