Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


बैतडीको सतबाँजमा पानी निस्कियो


0
Shares

बैतडी, असार ३ । समुन्द्रि सतहदेखि २ हजार मिटरको उचाइमा रहेका बैतडीको सतबाँजमा पानी निकालिएको छ ।

सतबाँजमा रहेको सुख्खा फलफूल विकास केन्द्रको परिसरमा डीप बोरिङबाट बुधबार पानी निकालिएको हो ।

बोटबिरुवामा सिचाई गर्न र खानेपानीको अभाव रहेकोले डीप बोरिङबाट पानी निकालिएको केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिए ।

गत बर्ष वाटर टेबल टेस्ट गर्दा पानी छ भन्ने पत्ता लागेको थियो । इस्टमेट अनुसार २२० मिटरको गहिराईबाट पानी आउने अनुमान रहेको भएपनि ९० मिटरमै पानी निस्केको छ ।

सुदूपश्चिम प्रदेशसरकारको ४६ लाख ६९ हजार बजेटमा डीप बोरिङ निर्माण हुन लागेको हो ।

डीप बोरिङ निर्माणको काम दुई तीन दिनभित्रै सम्पन्न हुने निर्माणको जिम्मा पाएको एसियन ड्रेल कम्पनीले जनाएको छ ।

सतबाँजमा दुई दशक अगाडी देशभरीकै बढी स्याउँका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ ।

जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारीखेती गर्न थालेको हो ।

केन्द्रको २९ हेक्टर जमिनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारी खेती गरिदै आएका छन् ।