
काठमाडौं, असार ३ । चीनले भारत–चीन सीमावर्ती लद्दाखको गलवान उपत्यकामा भएको घटनामा आफू जिम्मेवार नभएको र भारतकै कारण भिडन्त भएको प्रतिक्रिया दिएको छ ।
२० जना भारतीय सैनिक मारिने गरी भएको घटनाबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘यो घटनाप्रति सही र गलत प्रष्ट छ । यो घटना एलएसीको चीनतर्फको क्षेत्रमा भएको हो र यसको लागि चीनलाई जिम्मेवार ठहराउन मिल्दैन ।’
चीन अरु संघर्षको पक्षमा नरहेको भन्दै झाओले भने, ‘गलवान उपत्यकाको सम्प्रभुता सधैँ चीन नजिक छ । भारतीय सैनिकले बोर्डर प्रोटोकल र हाम्रा कमाण्डरस्तरको वार्तामा भएको सहमतिको गम्भीर उल्लंघन गरे ।’
दुबै देशबीच कूटनीतिक र सैनिकस्तरमा वार्ता भइरहेको पनि उनले जानकारी दिएका छन् ।
The sovereignty of the Galwan valley area has always belonged to China. The Indian border troops flip-flopped and seriously violated our border protocols on border-related issues and the consensus of our commander level talks: Zhao Lijian, Chinese Foreign Ministry Spokesperson pic.twitter.com/P1FaBGYkUY
— ANI (@ANI) June 17, 2020
प्रतिक्रिया दिनुहोस्