
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरु सधै सचेत रहनुपर्ने बताउनुभएको छ ।
नेता निधिले मुलुकमा दुर्घटना हुन्छ भन्ने आवाज पनि सुनिएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि राजनीतिक दलहरु सचेत रहनुपर्ने बताउनुभएको हो । १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली जनता परिवर्तनको पक्षमा उभिंदै त्यसलाई सदुपयोग गरेर मुलुकको विकास र समृद्धिका लागि काम गर्न सक्षम रहेको भन्दै त्यसको अगुवाई राजनीतिक दलहरुले गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
नेता निधिले नेपालको मात्रै नभई विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवर्धनका लागि गान्धि विचाराधारा सबै भन्दा उत्तम बाटो भएको तर्क समेत गर्नुभयो । आलोचकहरु पनि आज विश्वभर गान्धी र गान्धी विचारबाट प्रभावित हुँदै गएको उहाँको भनाइ थियो । नेता निधिले गान्धी विचारधारा माक्स विचार धारा भन्दा पनि माथि रहेको जिकीर समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्