
काठमाडौं । झापामा एक ब्यक्तिले खुकुरी प्रहार गरी आफ्नै आमा र काकाको हत्या गरेका छन् ।
झापाको कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले शनिबार राति आफ्नै ५० वर्षीया आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
घटना भए लगतै इलाका प्रहरी कार्यालय दमकको टोलीले चन्द्रबहादुरलाई घटनास्थलबाटै पक्राउ गरेको हाे । पारिवारिक कलहका कारण चन्द्रबहादुरले आमा र काकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्