७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


बर्दियामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

बर्दिया, असार ३ । बर्दियामा बुधबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा जिल्लाको तीन स्थानीय तहका विभिन्न क्वारेन्टिनमा रहेका ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकाहरुमा बढइयाताल गाउँपालिकाका २६ जना, ठाकुरबाबा नगरपालिकाका ४ जना, राजापुर नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

योसँगै बर्दियामा कोरोना संक्रमितको संख्या १ सय ४१ पुगेको छ ।