Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


कोरोनाका कारण अमेरिकामा भोकमरीको स्थिति आउन सक्ने राष्ट्रसंघको चेतावनी


0
Shares

काठमाडौं । अमेरिकाका छ वटा राज्यमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । टेक्सस, फ्लोरिडा, ओकलाहामा, एरिजोन, नेवाडा र ओरगानमा संक्रमितको दर बढेको हो ।

कोरोना परीक्षणको दायरा बढाएसँगै ती राज्यहरुमा संक्रमितको संख्या बढेको हो । यसैबीच संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण अमेरिकामा भोकमरीको स्थिति आउन सक्ने चेतावनी दिएको छ ।

दक्षिण र मध्य अमेरिका र क्यारेबियन मुलुकमा कोरोना भाइरसका कारण ४ करोड जनतामा खाद्य असुरक्षाको स्थिति सिर्जना हुन सक्ने राष्ट्रसंघले जनाएको छ ।