३० असार २०८२, सोमबार | Mon Jul 14 2025


भ्याटका कारण देशभरका ट्रकहरुले ढुवानी पाउन छाडे


0
Shares

बारा । कलकारखाना तथा उद्योगहरुले भ्याट दर्ता नभएका ट्रकहरुमा मालसमान ढुवानी गराउन छाडेसँगै ट्रकहरुले ढुवानी पाउन छाडेका छन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासघले पटक–पटक चलायमान र स्वरोजगारमूलक व्यवसाय भएकाले भ्याटमा जान असम्भव रहेको जानकारी गराउँदा पनि सुनुवाई नभएको भन्दै गुनासो गरेको छ ।

अघिल्लो वर्ष ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लागू भएसँगै आन्दोलित भएका ट्रक व्यवसायीहरुले यो वर्ष आएको बजेटमा पनि सरकारले करलाई निरन्तरता दिएपछि ढुवानी रोक्ने अवस्थामा पुगेको बताएका हुन् ।

मालसमान ढुवानी गरे बापत ढुवानी कर्ताले कर बिजक जारी गर्नु पर्ने अबस्था बनेपछि ट्रक व्यवसायीहरु आन्दोलित भएका हुन् ।

यही अवस्थामा ढुवानी सेवा सञ्चालन गर्न सम्भव नभएको व्यावसायीहरुको भनाई छ ।