
web pic
धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ ।
शनिबार दिउँसो कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै सडकमा पल्टिएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५र२६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटना घाइते भएका ८ जनाको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रड,फलामका सामानहरु बोकेको ट्रक आफैं अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्