ओखलढुंगाका हाट बजारमा अम्बाकाे मूल्य उच्च « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


ओखलढुंगाका हाट बजारमा अम्बाकाे मूल्य उच्च


806
Shares

ओखलढुंगामा । ओखलढुंगाका स्थानीय हाट बजारहरुमा अम्बाले उच्च मूल्य पाउन थालेको छ ।

सिद्धिचरण नगरपालिका १ र २ आसपासका क्षेत्रमा आफैँ उम्रिएर फल दिने अम्बाले मूल्य पाउन थालेको हो । यहाँका स्थानीय हाट बजारहरुमा प्रतिगोटा १५ रुपैयाँसम्म अम्बा बिक्री हुन थालेको छ ।

दशैंको मुखैमा अम्बाले मूल्य पाउन थालेपछि यहाँका स्थानीय किसान उत्साहित भएका छन् । अम्बालाई लगानी र मेहनत नपर्ने हुँदा बिक्रीबाट आएको सबै रकम किसानहरुलाई फाइदा हुने गर्छ ।

असोज र कात्तिक महिनामा फल दिने अम्बा बिक्री गरेरै किसानले साप्ताहिक रुपमा ५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले ओखलढुंगा सदरमुकाम, रुम्जाटार र निशंखेमा लागेर साप्ताहिक हाटमा अम्बा बिक्री गर्ने गर्दछन् ।