बायर्नको फराकिलो जित « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


बायर्नको फराकिलो जित


286
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।

बायर्नले शुक्रबार राति घरेलु मैदानमा बायर लिभरकुसेनमाथि ४–० को फराकिलो जित निकालेको हो ।

बायर्नको जितमा लोरी साने, जमल मुसिआला, साडियो माने र थोमस मुलरले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा मुसिआलाले गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर बनाए । ३९ औं मिनेटमा मानेले गोल गर्दै बायर्नको अग्रता तेब्बर बनाए । त्यसपछि ८४ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४–० को जित दिलाए ।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्षस्थानको युनियन बर्लिनको १७ अंक छ । लिभरकुसेन ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।