२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तासी घलेलाई तेस्रो पटक एन्फाको मानार्थ अध्यक्षमा मनोनयन


0
Shares

काठमाडौं, असार २ । अखिल नेपाल फुटबल संघ एन्फाले तासी घलेलाई तेस्रो पटक एन्फाको मानार्थ अध्यक्षमा मनोनयन गरेको छ ।

१७ महिनाअघि केन्द्रीय समितिबाट बर्खास्तीमा परेका घलेलाई मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले मानार्थ अध्यक्ष मनोनयन गरेको हो ।

सोमबार डाकिएको आपतकालीन बैठकमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ उपस्थित नभएपछि मंगलबार कार्यसमितिको बैठक डाकिएको हो ।

नेम्वाङ भने मंगलबार पनि उपस्थित भएनन् । एन्फाले विधान विपरीत चलेको भन्दै भक्तपुर जिल्ला फुटबल संघको कार्यसमिति प्रतिस्थापन गरी किशोर हेक्काको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।

त्यस्तै राष्ट्रिय फुटबल टिमका महिला तथा पुरुष खेलाडीहरु ३५–३५ गरी ७० जनाको कोभिड–१९ बिमा गर्ने निर्णयसमेत गरेको जनाएको छ ।