९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्दै


0
Shares

ललितपुर, असार २ । गोदावरी नगरपालिका—११ चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने भएको छ ।

प्रदेश सरकारको सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा चापागाउँमा जिल्ला अस्पताल बनाउने निर्णय भएको प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले जानकारी दिए ।

उनले भने, “जिल्ला अस्पतालको मापदण्ड अनुसार नै यो अस्पताल निर्माण हुने र त्यस्तै किसिमको भवनलगायत भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुनेछ ।”

सो अस्पताल ललितपुर जिल्ला अस्पतालको रुपमा रहने पनि उनले बताए ।

ललितपुरका राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजले लामो समयदेखि जिल्ला अस्पतालको माग गर्दै आएका थिए ।

यसैगरी चापागाउँदेखि वडा नं छ टिकाभैरव जोड्ने पुरानो राजकुलोको कामलाई निरन्तरता दिने निर्णयसमेत प्रदेश सरकारले प्रदेशसभा सदस्य सञ्जेल बताए । रासस