९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


प्युठानमा ६ वर्षीया बालिकामा डेङ्गु संक्रमण


0
Shares

स्वर्गद्वारी, असार २ । प्युठान नगरपालिका ६ की एक ६ वर्षीयामा डेङ्गु संक्रमण देखिएको छ ।

बिरामी भएर अस्पताल आएकी बालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि मंगलबार बुटवल सिफारिश  गरिएको अस्पतालले जनाएको छ ।

गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजन केसीले जानकारी दिए ।

मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा. अमृत पन्थीले आग्रह गरे । रासस