
काठमाडौं, असार २ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार हालसम्म विश्वभर ८१ लाख ३८ हजार ४ सय बढी कोरोना संक्रमित फेला परेका छन् ।
४ लाख ३९ हजार भन्दा बढीको मृत्यु भएको छ ।
सबैभन्दा धेरै अमेरिकामा २१ लाख ८२ हजार भन्दा बढी संक्रमित छन् भने १ लाख १८ हजार बढीको मृत्यु भएको छ ।
ब्राजिलमा संक्रमितको संख्या ८ लाख ९१ हजार नाघेको छ । ब्राजिलमा ४४ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
बेलायतमा मृतकको संख्या ४१ हजार ७ सय नाघेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्