झापा, असार २ । मेची प्रादेशिक अस्पताल भद्रपुरका २५ जना स्वास्थ्यकर्मीलाई ‘क्वारेन्टिन’मा राखिएको छ ।
अस्पतालमा उपचाररत् एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि दुईजना फिजिसियन चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको हो ।
अस्पतालको सघन उपचारकक्ष ‘सिल’ गरिएको छ ।
मेची क्याम्पसको क्वारेन्टिनमा बस्दै आएका भद्रपुर नगरपालिकाका ३९ वर्षीय पुरुषलाई जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।
अस्पताल भर्नापछि गरिएको ‘पीसीआर’ परीक्षणमा संक्रमण पुष्टिसँगै उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्र पठाइएको छ ।





प्रतिक्रिया दिनुहोस्