
काठमाडौं, असार २ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले संक्रमितको संख्या ६५ सय ९१ पुगेको बताए ।
पछिल्लो २४ घण्टामा तीन सय ८० जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ६५ सय ९१ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ८ महिलासहित एक सय १७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या एक हजार एक सय ५८ पुगेको छ ।
२४ घण्टामा थप कसैको मृत्यु भएको छैन । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।
अहिलेसम्म एक लाख ४३ हजार ७ सय ३८ वटा पीसीआर परीक्षण भएका छन् ।
एक लाख ३३ हजार ९ जना क्वारेन्टाइनमा रहेका छन् । ५ हजार ५ सय ३१ जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्