२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


अमेरिकी वित्तीय पारदर्शितामा नेपालले पूरा गर्यो मापदण्ड


0
Shares

काठमाडौं, असार २ । अमेरिकी वित्तीय पारदर्शितासम्बन्धि मापदण्डको नेपालले पूरा गरेको छ । वर्षेनी अमेरिकाले गर्ने समीक्षामा नेपालसहित विश्वका ७६ देशले वित्तीय पारदर्शितासम्बन्धी मापदण्ड पूरा गरेका हुन् ।

मापदण्ड पूरा गर्न नसक्नेमा चीन, बंगलादेश, पाकिस्तान, इजिप्ट, साउदी अरबीया, भियतनामसहितका ६५ मुलुक रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

सोमबार राती प्रकाशित वित्तीय पारदर्शिता प्रतिवेदन २०२०, सरकारको वार्षिक बजेट सार्वजनिक रुपमा सबैलाई उपलब्ध छ/छैन, त्यो पूर्ण भए/नभएको, आमरुपमा त्यसको विश्वसनीयतालाई हेरेर तयार पारिएको उक्त मन्त्रालयले जनाएको छ ।

त्यसका आधारका रुपमा सरकारी ठेक्का र प्राकृतिक स्रोतसाधनको प्रयोगका लागि लाइसेन्स दिँदा अपनाइने प्रक्रियाको पारदर्शिता रहेको जनाइएको छ ।

अमेरिकी दूतावास, महावाणिज्य दूतावास, अन्य अमेरिकी सरकारका निकायहरु, अन्तर्राष्ट्रिय संस्थाहरु, नागरिक संस्थालगायतबाट लिइएको जानकारीका आधारमा मूल्यांकन गरिने अमेरिकाले जनाएको छ ।