Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गर्योः चीन


0
Shares

एजेन्सी, काठमाडौं, असार २ । भारत र चीनको सीमावर्ती लद्दाखमा भारतीय सेनाले सीमारेखा नाघेर आक्रमण गरेको आरोप चीनले लगाएको छ ।

भारतीय र चिनियाँ सेनाबीच सोमबार राति भएको भिडन्तका विषयमा औपचारिक प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको जनाएको हो ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सको ट्वीटअनुसार भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् । चीनले आफ्नोतर्फ भएको क्षतिबारे भने केही उलेख गरेको छैन ।

ग्लोबल टाइम्सले विदेश मन्त्रालयलाई उधृत गर्दै लेखेको छ, ‘भारतीय सैनिकले दुई पक्षबीच भएको समझदारीको उल्लंघन गर्दै अवैध रुपमा दुईपटक सीमा रेखा नाघेर चिनिया सैनिकमाथि उत्तेजक हमला गरे । परिणामस्वरुप गम्भीर भौतिक भिडन्त भयो ।’

चीनले भारतीय पक्षलाई आफ्ना अग्रपंतिका सैनिकलाई सीमा रेखा पार नगर्न वा कुनै एकपक्षीय कदम नचाल्न आग्रह गर्दै आएको भन्दै अन्यथा यसले सीमा क्षेत्रको परिस्थिति थप जटिल बन्ने पनि समाचारमा भनिएको छ ।

दुबै देश शान्तिपूर्वक संवादको माध्यमबाट समस्या समाधान गर्न सहमत भएको स्मरण पनि विदेश मन्त्रालयले गराएको छ ।