
काठमाडौं, असार २ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले मंगलबारदेखि उद्धार चार्टर्ड उडान गर्दैछ ।
हिमालयको पूर्वनिर्धारित तालिका अनुसार मंगलबार श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ ।
सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज मंगलबार बिहान कोलम्बो उडेको छ ।
नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज मंगलबारनै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । हिमालयकै अर्को न्यारोबडी जहाज कार्गो उडानका लागि चीनको चाङ्सा उडेको छ ।
अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको जहाज चाङ्सा गएको विमानस्थलले जनाएको छ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सोमबार सार्वजनिक गरेको थियो ।
उक्त एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउने चार्टर्ड उडानको तालिका बनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्