३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


भारत र चीनका सेनाबीच झडप, तीन भारतीय सैनिकको मृत्यु


0
Shares

काठमाडौं, असार २ । भारत र चीनका सेनाबीच सीमामा झडप भएको छ ।

लद्धाखको गलवान उपत्यकामा भएको झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना सैन्य अधिकारी पनि छन् ।

चिनियाँ सेनालाई सीमाबाट पछाडि हटाउने क्रममा सोमबार राति झडप भएको भारतीय सेनाले जनाएको छ ।

भारतीय सैन्य मुख्यालयले चिनियाँ सेनातर्फ पनि क्षति भएको दाबी गरेको छ ।

भारतीय सेनाले सीमा पार गरेर चिनियाँ सेनामाथि आक्रमण गरेको चीनको भनाइ छ ।

घटनास्थलमा दुवै मुलुकका वरिष्ठ सैन्य अधिकारीबीच वार्ता भइरहेको भारतीय सेनाले जनाएको छ ।

गलवान उपत्यका लद्धाख सीमारेखामा रहेको क्षेत्र हो । पछिल्लो समय यस क्षेत्रमा दुई मुलुकका सेनाबीच तनावको स्थिति छ । (एजेन्सी)