Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बालुवाटारमा रमिता चलिरहेको भन्दै सरकारलाई गोकुल बाँस्कोटाको व्यंग्य


416
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले बाँस्कोटाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष पाेख्नु भएकाे छ ।

त्यस्तृ उहाँले सामाजिक सञ्जालमार्फत् नै प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको भन्दै सरकारलाई व्यंग्य गर्नुभएकाे छ ।

बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘बालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन्। सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन्।’

नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाउनु भएकाे छ।