झापा । प्रदेश नम्वर १ को झापामा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।
प्रदेश नम्वर १ को ११ जिल्ला मध्ये झापामा सबैभन्दा बढी कारोना संक्रमित फेला परेका हुन् ।
प्रदेश–१ मा ३ सय ९७ जना कोराना संक्रमित मध्ये झापामा मात्रै १ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।
कचनकवल गाउँपालिकामा मात्रै कोरोना संक्रमितको संख्या १ सय २७ पुगेको छ ।
गत वैशाख ११ गते दमक नगरपालिका– ३ का ४६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै झापामा कोरोना संक्रमित देखिन थालेका हुन् ।
भारतको पश्चिम बंगाल र बिहारसँग सीमा जोडिएको झापाको पनि कचनकवल गाउँपालिकामा कोरोना संक्रमित धेरै फेला परेपछि जिल्लामा उच्च सर्तकता अपनाइएको छ ।
१५ वटा स्थानीय तह रहेको झापामा १४ वटा स्थानीय तहमा दुई महिलासहित संक्रमितको संख्या १ सय ७७ पुगेको हो ।





प्रतिक्रिया दिनुहोस्